मुगुम कार्मारोङ्ग बन्यो जिल्ला कै पहिलो प्रशासनिक भवन बनाउने पालिका

7
SHARES
15
VIEWS

मुगु। कर्नालि प्रदेशको मुगुमा रहेको एक गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाएर दैनिक प्रशासनिक काम कार्वाही अघि बढाएको छ ।

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको विकट मानिएको मुगुम कार्मारोङ्ग गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर सेवा सुरु गरेको छ। जिल्लाका अन्य ३ स्थानीय सरकारहरू पालिका केन्द्रहरूमा भाडामा घर लिएर चलिरहेका बेला कार्मारोङ्ग गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिएपछि सेवाग्राहीमा सहजता आएको छ।

भवन निमार्ण गर्नको लागी गत बर्षको गाउँसभाबाट ८१ लाख बजेट विनियोजन गरिएको थियो। ८१ लाख रुपैयाँ मुगमकामारोङ्ग गाउँपालिकाको र १८ लाख जनसर्वदान गरी कुल ९९ लाखमा १ तालिम हल र २३ वटा गाउँपालिका भित्र रहेका विषय गत शाखाका कार्यालय सञ्चालन, अथितीगृह, सहितको सेवा रहर्ने गरी गाउँपालिकाको वडा नं ५ पुलु बगरमा मुगु जिल्लामा रहेको अन्य स्थानीय तहहरू मध्य पहिलो स्थानीय तहहरूको रूपमा भवन निमार्ण गरेको गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठयताले जानकारी गराए।

भवनसँगै गाउँपालिकाबाट प्रवाह भइरहेका हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र कर्मचारी नियमित उपस्थितिको लागी औँठा छाप सहितको ईलेक्टोनिक हाजिरी प्रयोगमा ल्याउन लागेको  पनि प्रमुख कठयताले बताए।

गाउँपालिका भित्र रहेका ९ वटा वडाहरूका आफ्नै वडा कार्यालयहरू गत वर्षहरूमा नै निमार्ण गरी सकेका थियौँ, गाउँपालिकाको भवन निमार्ण मात्र बाँकी रहेको थियो त्यो पनि यो वर्ष निमार्ण  सम्पन्न गरेका छौँ, गाउँपालिका भित्र रहेका विभिन्न विषयगत शाखा र अन्य कार्यालय सञ्चालनको लागी बर्सेनि लाखौँ भाडा तिरेर सकिन्थ्यो विगत ३ वर्ष सम्म कार्यालय सञ्चालन निकै दुख्न गरी सञ्चालन गरियो अव पालिकाको सेवा सुविधा सहितको कार्यालय भवन निमार्ण सम्पन्न भई गत शनिवार गाउँपालिकाले आफ्नो सातौँ हिउँदे गाउँ सभाबाट भवनको उद्घाटन गरी कार्यालय सञ्चालन सुरु गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्टेने लामाले बताए।

जिल्लाका सबै स्थानीय सरकारहरूले आफ्नै प्रशासनिक भवन बनाउनका लागी प्रक्रियामा रहे पनि मुगुम कार्मारोङ्गले सबै भन्दा पहिला भवन निमार्ण सम्पन्न गरी सेवा दिन समेत सुरु गरिरहँदा जिल्लाका अन्य ३ स्थानीय तहको आफ्नै प्रशासनिक भवन बनाउने प्रक्रिया मै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित