गाडीको मोह र नेपाली

7
SHARES
15
VIEWS

आज म तपाईहरु सामु एउटा रमाइलो कहानी लिएर आएको छु !
मेरो एकजना मित्रले – अक्सर नेपालीहरुले गाडी अरुलाई हिलो छ्याप्न किन्ने गर्छन भन्नु भयो ! सहमति त मेरो पनि थियो वहाको कथन प्रति तर आम नेपाली हरुले गाडी भन्ने कुरा एउटा सपना हो भन्ने कुरा बुझ्नु भयो कि भएन होला …. बिस्वको सबैभन्दा सस्तो नामले परिचित कार भारतमा करिब १ लाख भारु पर्ने टाटा नानो कार नेपालमा कम्तिमा ९ लाख भन्दा माथि तिरेर किन्नु पर्छ !
कारलाइ एकछिन साइड लगाएर राखौं, १५० सीसी को पल्सर मोटरसाइकल मात्र भारतमा ५२०००.०० भारु तिर्नु भयो भने किन्न सक्नु हुन्छ र १५ बर्षको बाटोको कर जम्मा भारु ७५०० रहेको छ त्यसो गर्दा करिब ६० हजार भारु जति पर्ने मोटरसाइकल नेपालमा २९५,०००.०० देखि ३२५,०००.०० तिर्नु पर्छ १५ बर्षको बाटोको करको हिसाब गर्ने हो भने प्रति बर्ष ६०००.०० को दरले १५ बर्षमा ९०,०००.०० अलग तिर्नु पर्छ !
अब फेरी कार तिरै फर्कौ, नेपाल सरकारको सामान्य अपरेटिंग खर्च धान्न, अनि बिकाशको लागि खर्च गर्न साथै हाल गाउँ गाउँमा सिंहदरबार बनाउन सबैको लागि आवस्यक तलब भत्तामात्र व्यवस्थापन गर्न मैले आवस्यक पर्ने मुल्यको ३ गुणा रकम खर्चेर गाडी किन्ने सपना देख्नु पर्छ ! यो त भयो मेरो सपनाको कुरा अब बिपना तिर फर्कौं, नेपालमा सामान्य पारिबारिक बाहन (फमिली कार) किन्न को लागि नेपाल सरकारले २०० देखि ३०० प्रतिशत सम्म जनताबाट विभिन्न शिर्षकमा असुल गर्छ त्यस्तैमा हाइ-इन्ड (ठुलो सेरिज) को कार, जिप इत्यादी किन्नु भनेको साचिकै ठुलो कुरा हो !
हामीजस्तो आफुले कमाएको कमाइको झन्डै ३५% कर राज्यलाइ बुझाएर बचेको पैसा ले पुन: ३०० प्रतिशत थपेर एउटा गाडी किन्नु साचिकै सपनाको महल बनाउनु जतिकै हो ! म जन्मिएको ठाउँ नेपालको एउटा गाउँ हो त्यो ठाउँमा आफुले अलि अलि थाहा पाउने (करिबन १० वर्षको हुँदा) सम्म सामान्य टुकी बत्ति, स्कुलको लागि घन्टौ हिडेर जानु पर्ने ठाउँ हो ! आम नेपाली (जसलाई हामी हालको ७०% नेपालीहरुको तुलनामा आफु पनि एक हो जस्तो लाग्छ) पारिबारिक कारणले होला मैले सानैमा गाडीलाइ नजिक बाट चिन्ने मौका पाएको थिए ! साथै हाल आफुलाई गाडीको सुबिधाबाट बन्चित गर्नु परेको छैन !
नेपालको कुना काप्चामा अझै पनि डोजरधनि नै इन्जिनियर भएर बाटो खन्नु एकदम सामान्य कुरा हो ! त्यसपछि डोजरमात्र जाने भएकोले गाडी चलाउन नसकिनु अहिलेको ताजा समस्या पनि हो ! आफ्नो देशको माटो अत्यन्तै प्यारो भएकोले होला आफ्नै देश (जहाँ सामान्य सुबिधा नभएपनि) एकदमै प्यारो लाग्छ ! दुइ त्रिकोणात्मक झन्डा देख्दा आज पनि मन फुरुंग हुन्छ ! हरेक दिन जसो एयरपोर्टबाट बाक्सामा आएका लाशहरु हेर्दा नेपालीहरुको कारुणिक दृश्यले मन साचिकै अमिलो बनाउँछ !
म जस्ता, मेरै उमेर समुहका कैयन युवाहरु नेपालको राम्रो कलेजमा राम्रो (उच्चतम) अंक ल्याएर पनि विदेश गएर आफुलाई मनैदेखि मन नपर्ने काम गरेको देख्दा तिनीहरुले पढेको र तिनीहरुले गरेको काम प्रति आफुलाई पनि कैयन पटक मन धमिलो नभएको भने होइन ! आफु भने आफ्नो देशमा केहि गर्न सकिन्छ कि ? आफ्नो देशमा अहिले हामी जस्ता युवाहरु लाइ रोजगार दिएर देशप्रति केहि भुमिकर्जाको भारबाट आफुलाई टाढा राख्न नसकी मेहनत गर्दै आएको छु ! हुनत मैले गरेको मेहनत मैले बाहेक देख्ने कोहि छैन !
हालको परिस्थिति नै यस्तो छ कि, कान्छो छोरो कहाँ छ भन्दा अमेरिका छ , अस्ट्रेलिया छ, युके छ भन्दा नाक गमक्क फुल्छ, नेपालमै हल्लिरहेको छ भन्ने प्रचलन नौलो होइन, तर पनि यस्ता भ्रमहरु चिर्दै आफ्नो देशमा मानो रोपेर मुरी उमार्ने कोशिस गरि संघर्ष गर्दै आएको अहिले हेर्दा हेर्दै १५ बर्ष भै-सकेछ ! वर्षको ५० देखि ६० लाख सम्म राज्यको ढुकुटीमा पैसा जम्मा गर्न पाउँदा आफुलाई गौरब लाग्छ ! मेरो देशले मलाई के दिएको छ र भन्दा पनि मैले मेरो देशलाइ मैले के दिन सकेको छु र भन्ने सोचाइले गर्दा होला आजसम्म पनि आफुले बाएको पासपोर्ट जुन एक्सपायर भैसक्दा पनि कुनै देशको प्रवेशआज्ञाको लागि निबेदन दिन सकेको छैन !
करप्ट (भ्रस्ट) छ तर राज्य संरचना त छ, कमजोर छ तर मेरो देशमा कानुन त छ ! ऋणी छ तर देश त छ ! यहि सोचाइले होला म आफुलाई आफ्नै देशमा बसेर देशको माया गर्न कसैले रोकेर रोकिन्न पनि अनि मलाई आफुलाई आफ्नो देशको नागरिक भएर देशको सेवा गर्न पाएकोमा गर्व छ !
अब गाडी तिर फर्कौं, यत्रो सबैकुरा भैसकेपछि एक नेपाली ले गाडी किनेर हिलो छ्याप्छु भनेर मैले कहिले पनि सोच्न सकिन, मलाई हिलो छ्याप्न मन नै लागे म असार महिनालाइ सम्झन्छु जहाँ भाग्यका लहलह बिउहरु मंशिरमा फाल्ने मोति/सुनका दानाहरुको सपना सजाउदै मेरो देशको किसानले खेति गर्छन ! हिलो छ्याप्न मन नै भए म एक किसानको घरमा वर्षायाममा जान्छु तिनीहरुसंगै कुटो र कोदालो समाउदै संगै बाउसे गर्ने खेतालाहरु संग हिलो छ्याप्छु ! म आफुलाई आफ्नो देशको हिलोमा फुल्ने कमलको फुल बन्न चाहन्छु ! मैले मेरै हताहतबाट मुगु जस्तो दुर्गम गाउँमा महिला, बालबालिका, सुत्केरीहरुको रोदन सुन्न नसकेर त्यो ठाउँमा एम्बुलेन्स किन्न यी हातहरुले एक पटकपनि हिलोहरु सम्झेनन ! दलित तथा थारुहरुका बच्चाहरु अनपढ बन्नु नपरोस ताकी हिलो छ्याप्नु नपरोस भनेर पाठ्यपुस्तक सामग्रीहरु किनेर वितरण गरिरहदा यी हातहरुले ति बच्चाहरुको उज्यालो भबिस्यप्रति कहिले पनि खेलबाड गर्ने कुरा मनमा आएन !
अब मलाई यति सबै भोगेर नेपालको माया गरिरहदा मैले किनेको गाडी देखेर
समग्र नेपालीहरुले हिलो छ्याप गाडीकिन्ने गर्छन भन्ने मित्रको लागि:
– वहा हाल आफ्नो जन्म भुमि छोडेर विदेश जानु भएको छ !
– वहाँ जुन देशमा हुनुहुन्छ त्यहि देशको सरकारलाइ कर तिर्नु हुन्छ !
– वहाँले तिरेको करले वहाँ त्यहि देश बस्नु भयो भने वहाको अवकास पछी वहाँको देशले वहाँलाइ राम्रो सुबिधा दिएर राख्ने छ !
– वहाँले आफ्नो घर (जन्मदिने बुवा-आमा) को लागि एउटा हेलीकोप्टर किनीदिनु भएको छ ! ताकि वहाँको बुवाआमा नेपालको बाटो मा गाडी निकाल्दा बाटो हिड्ने मान्छेलाइ हिलो न-छ्याप्न परोस भनेर !
– वहाँले नेपालमा पनि आफुले काम गर्दै आउनु भएको देशमा जसरि गाडी पनि किन्नु भएको छ ! तर वहाँको गाडीको एउटा विशेषता छ, नेपालको हिलो-माटोमा वहाँको गाडीपुगेमा आफै जेट-इन्जिन भएको बिमानजस्तै क्षमता भएकोले होला उड्ने गर्दछ !
– वहाँले जुन देशमा कर तिर्नु हुन्छ त्यहाँ तिरेको करको पैसाले नेपाल सरकारलाइ पनि कहिले कहिँ ऋण/सहयोग दिने गरेको छ !
मेरो कुरा गरौँ
– म मेरो जन्मभूमि प्यारो भएकोले होला यहि कर्मथलो बनाएर बसेको छु !
– मलाई मेरो देश प्यारो भएकोले होला गरिब देश / ऋणको भारि बोकेको देश भएपनि यहि देशमा केहि गर्न सकिन्छकि भनेर लागि परेको छु !
– ५० औं जनालाइ रोजगारीदिन र आफु पनि आफ्नै कर्मले रोजगार बन्न सफल भएको छु !
– मेरो ससुरालीपट्टिका ले र घरका ले नेपालमै हल्लिरहेको छ भन्छन तर पनि त्यो तितो भनाइ पनि मलाई अमृतबाणी भनेर पचाएर हिडीरहेको छु !
– वहाहरुको नजरमा म मुर्ख छु ! तर मुर्ख भएर देशको माया गर्न पाउँदा गर्ब लाग्छ !
– मेरो गाडीले हिल्यामे बाटोमा हिलो पनि छ्याप्छ ! तर हिलो छ्याप्न कै लागि भनेर ३००% ज्यादा पैसा तिरेर मैले गाडी किनेको होइन ! किन भने हरेक महिना तलब बुझेको भोलिपल्ट बैंकले गाडीको किस्ता काट्दा अब १ किस्ता घट्यो भनेर मक्ख हुँदै सपनाहरु तिर आफुलाइ ध्यान केन्द्रित गर्न सफल भएको छु !
– म हेलिकप्टर किन्न हैसियत राख्दिन किनभने मलाई हिलो धुलोको कुनै पनि पर्बाह छैन !
– मेरो गाडी कहिलेकहिँ हिलो बाटोमा फस्ने गर्छन किनभने मेरो गाडीमा म्याजिक बटन पनि त छैन !
समग्रमा मैले कसैलाई उचो र कसैलाई निचो देखाउन खोजेको होइन तर मेरो यत्तिमात्र कुरा हो नेपालीहरुले एउटा ठुलो सपना देख्नु भएको गाडी किन्ने सोच्नु हो अब हिलो छ्याप्नैको लागि गाडी किनिरहनु पर्दैन ! मैले पहिले पनि भनिसकेको छु !
हाम्रो व्यवसायिक भाषा (प्रोफेसनल ल्यांगवेज)मा हिलो छ्याप्नु भनेको अरुको इज्जत उछाल्नु हो भनेर बुझिन्छ ! यदि मैले आफ्नो र अरुको इज्जत गर्न जानिन भने मैले आफ्नो र अरुको लागि कहिले पनि केहि गर्न सक्दिन, अझ देश प्रेम त गर्न सकिदै सकिंदैन, म जस्तो रास्ट्रप्रेमीले त हिलो छ्याप्ने बिषय सोच्न पनि सक्दिन, बस्ताबमा भन्नु पर्दा मलाई कसैलाई हिलो छ्याप्नु छैन र हिलो छ्याप्ने फुर्सद पनि छैन , साथै मलाई पनि कसैले हिलो छ्यापोस भन्ने चाहदिन पनि !
मेरो मित्र नेपाल आउनुहोस नेपाललाइ चिन्नुहोस, नेपाल बाहिर गएर नेपालिहरुलाई हिलो न-छ्यापीदिनुहोस, तपाईले छ्यापेको हिलोको छिट्टा तपाईलाइ पनि पर्छ ! तपाईलाइ थाहा नै होला हिलोको छिट्ट सुक्यो भने फलाममा त खिया लाग्छ तपाई त यहि धर्तिमा समाहित हुने मानिस हुनुहुन्छ ! तपाईमा खिया लागेको हेर्न सक्दिन !
मैले संगै यो फोटोपनि राखेको छु ! यो कुनै विदेशमा स्टन्ट गर्न खनिएको बाटो होइन मेरै माटो/ मेरो देशमा मेरो देशको जनतालाइ बिहान बेलुकी अत्यावश्यक पर्ने खाधान्न, औषधि ढुवानी लिएर गन्तब्यसम्म पुग्न नसकी फसेको हाम्रो देशको एउटा प्रति  चित्र मात्र हो !

(तस्बिर श्रोत सामाजिक संजाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित