नारी दिवसको अवसरमा महिला सदस्य द्धारा गोरेटो बाटोको सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट ।  १११ औं अन्तराष्टिय नारी दिवसको अवसरमा महिला जनप्रतिनिधि द्धारा पचालझरना गाउपालिकामा गोरेटो बाटोको सिलान्यास गरिएको छ ।

पचालझरना गाउपालिका वडा न. २का दलित महिला सदस्य तुला तिरुवाले सिलान्यास गर्नु भएको छ । वडा न २ धमालि स्थित गिरेपाटाका समुदायहरुका लागि सहज होस भने बाटो निर्माण गर्न थालिएको हो ।

प्रधानमन्त्रि रोजगार कार्यक्रमको २० लाख बजेटमा गोरेटो बाटो निर्माण गर्न लागिएको उक्त बाटोमा वडा न. २ धमालि स्थितका २० जना बेरोजगार महिला तथा पुरुषहरुले काम गर्ने उपभोक्ता समितिका अध्यक्ष रवि तिरुवाले बताउनु भएको छ ।

पचालझरनाको पणेक्षा देखि अल्के सम्मको मुल सडकमा जोडिने गरी एक किलो मिटर गोरेटो बाटो बन्न लागे पछि स्थानियमा खुशियालि छाएको छ । पहिले भिरमा हिंडडुल गर्नु पर्नेमा २ मिटर चौडाइ सहितको बाटो बन्ने भएपछि आफुहरुमा बाटो बनाउन हौसला आएको सिद्धा विकले बताइन ।

तोरेखाना देखि आखाँ रुखको रोड सग जोडिने बाटोमा धमालिका समुदायहरुको मेलापात गर्ने बाटो रहेको थियो ।यस बाटोले सबै भन्दा बढि महिलाहरुमा खुशियालि छाएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रममा एक जनाले एक सय दिन बराबर काम गर्नुु पर्ने र एक जनालाई  काम गरे वापत ५० हजार पारिश्रमिक पाउने व्यवस्था रहेको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा प्रधानमन्त्रि रोजगार र मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट सडक विस्तार,गोरेटो बाटो लगाएतका काम धमाधम हुन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित