नेपाली सेनाको तीन वटा प्याराग्लाईडिङ काठमाण्डौंमा दुर्घटना

7
SHARES
15
VIEWS

काठमाण्डौं । नेपाली सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ । अभ्यासका क्रममा काठमाण्डौंमा उक्त दुर्घटना भएको सेनाले जनाएको छ ।

सेना दिवसका लागी सै न्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको हो ।

सेनाले अभ्यास गर्ने क्रममा प्याराग्लाईडिङ पनि समावेश गरेको छ । त्यसक्रममा तीनवटा प्याराग्लाईडिङ दुर्घटनामा परेका थिए । उक्त ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बाहिर गएका थिए ।

प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ । तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ अन्यत्र गएका थिए ।

त्यस क्रममा फरक ठाउँमा ल्याण्ड हुँदा यस्तो घटना भएको बताइएको छ । सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।

तस्वीर: सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित