ताप्लेजुङमा एमालेको दुइ वटा पार्टी कार्यालय

7
SHARES
15
VIEWS

ताप्लेजुङ। ताप्लेजुङमा नेकपा (एमाले)का २ वटा पार्टी कार्यालय रहने देखिएको छ ।

एमालेले यसअघि आफ्नो मातहतमा कायम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालय रहेकै ठाउँमा एमालेको बोर्ड राखेको छ ।

पार्टी  एकीकरण हुनु अघि दाहाह–नेपालले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को समूहले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ ।

२ वटा पार्टी एक हुनुअघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो । माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसँग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो ।

प्रदेश सांसदसमेत रहेका नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहैकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित