कालीकोट । खांडाचक्र नगरपालिकाको पिलीमा शुक्रवार एक कार्यक्रमका विच सुरक्षित खानेपानि युक्त वडा घोषणा गरिएको छ ।
युनिसेफ नेपाल र मानव अधिकार तथा वातावरण बिकाश केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहयोग का साथै खाँडाचक्र नगरपालिकाको आयोजनामा घोषणा गरिएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे,उपप्रमुख विजया विष्ट लगाएतका प्रतिनिधिहरुले कांसाको लोहोटामा पानि खाएर उद्घाटन गरिएको बताइएको छ ।
कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारीका अनुसार सुरक्षित खानेपानि युक्त वडा घोषणामा कुल ७०लाख ५० हजारको लगानीमा १सय ७५ घरपरिवारमा एकघर एक धारा निर्माण भएपछि घोषणा गरिएको हो ।
यस अघि सुरक्षित खानेपानि युक्त वडा घोषणा सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिकाको एउटा वडा बाट शुरु भएको र कर्नालि प्रदेशको दोस्रो कालीकोटको पिलिलाई लिइएकोे छ ।
सरसफाइमा कालीकोट जिल्लामा खुल्ला दिशा मुक्त घोषणा २०६४ सालमा साविकको बदालकोट गाविसको वडा न. ३ ( खाँडाचक्र न.पा १) जिमजेडीमा शुरु गरिएको थियो ।
खाँडाचक्र नगरपालिकाको वडा न. ७ पिलि युद्ध पर्यटकिय क्षेत्र पनि हो ।
Discussion about this post