कालीकोटका व्यवसायिलाई करदाता शिक्षा

7
SHARES
15
VIEWS

कालीकोट । नागरिकलाई करका दायर र त्यसबाट राज्यलाई दिएको योगदानका विषयमा कालीकोटको मान्ममा करदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय जुम्लाको आयोजनामा खांडाचक्र नगरपालिकाको मान्ममा एक कार्यक्रमका विचमा करदाता शिक्षा कार्यक्रम भएको हो । आन्तरिक राजश्व कार्यालय जुम्लाको आयोजना तथा उद्योग वाणिज्य संघ कालीकोटको समन्वयमा संचालन गरिएको कार्यक्रमा जिल्लाका करदाताहरुले कर बुझाउदा कठिनाइ व्योहोर्नु परेको बताएका छन ।

जुम्लामा सेवाग्राही(करदाता)हरुले समयमा सेवा नपाउनु,बैंकमा लाइन लाग्नु पर्ने, सेवाग्राही माथिको व्यवहार राम्रो नभएको गुनासा राखेका छन । करदातालाई छिटो छरितो सेवा दिनका लागि कालीकोटमा करदाता सेवा केन्द्र स्थापना गर्नु पर्ने लगाएतका कुरा राखेका छन ।

करदाताहरुको गुनासो माथि छलफल गर्दै आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख नरायाण प्रसाद जैसीले पहिलोको जस्तो कर तिर्दा कठिनाई व्यहोर्नु नपरेको बताउदै कालीकोटमा सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनु भएको छ ।

प्रमुख जैसीले राजश्व जम्मा गर्दा एक बैंकलाई तोकेर सोही अनुसारको व्यवस्था गरिने विश्वास दिनु भएको छ ।

कालीकोटमा गरिएको करदाता शिक्षाले व्यवसायिलाई सहजता कायम गराएको करदाताहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित