कालीकोट । रास्कोट नगरपालिका द्वारा तोलि स्कुलको अनुगमन गरिएको छ ।
रास्कोट नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा निर्माण गरिएको भवन तथा सौचालय, बालमैत्री धाराका बारेमा पन्चअधारभुत विद्यालयको अनुगमन गरिएको हो ।
रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल,प्रबक्ता टक फर्साल,वडा अध्यक्षहरु अदलसिङ्ह महतारा,दयाराम सिमखाडा,कार्यपालिका सदस्य मन तिरुवा, नगर शिक्षा प्रमुख प्रभुलाल न्यौपाने,युनिसेफ तथा अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको बताइएको छ ।
अनुगमनका क्रममा बिद्यालयको अन्य अबस्थाका बारेमा बुझ बिस्तार गरिएको बताइएको छ ।
उक्त बिद्यालयमा सेनिटरिप्याड बिसर्जन स्थल,धारा,दुई तले भवन लगाएतको भौतिक संरचना सम्पन्न गरिएको स्थानिय कपुर महताराले बताएका छ्न ।
Discussion about this post