बिबेकलाइ रास्कोटमा अभिनन्दन

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लब नेतृत्वको नेकपा रास्कोटले जेलजिवन बिताएर गृह जिल्ला कालीकोट आइपुगेका बिबेक कुमाललाइ स्वागत तथा अभिनन्दन गरेको छ ।

नेकपा एरिया नम्बर ३ ले रास्कोट नगरपालिका को सिप्खानामा स्वागत तथा अभिनन्दन गरेको बताइएको छ ।

उक्त पार्टीका जिल्ला सेक्रेटरी पदम बिक (शाहसी),सल्लाहकार छत्र बम  लगाएतका नेता तथा स्थानीयहरुको उपस्थितिमा अभिनन्दन गरेको हो  ।

पौष २९ गते ललितपुर बाट स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला सङ्गै गिरफ्तार परेका बिबेक फागुन २२ गते कैलाली बाट रिहाइ भएका हुन ।

लामो समय जिल्ला बाहिर ( डोटी, कैलाली ) कार्यरत रहेका बिबेक अहिले गण्डकमा कार्यरत रहेको बताइएको छ ।

अभिनन्दन कार्यक्रममा बोल्दै नेता बिबेकले आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाइ लागू गर्दा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउदै समाजबादी ब्यबस्था स्थापित गर्न लागि पर्ने बताएका छ्न ।

जनताको जित नहुन्जेल  आफुहरु निरन्तर संघर्ष जारी राख्ने बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित