धनगढी । कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन् ।
बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन । भट्टलाई प्रदेश प्रहरी कार्यालयले हाल घुमुवा प्रहरीका रुपमा पनि खटाउने गरेको बुझिएको छ ।
Discussion about this post