हिमचुलिका कर्मचारीहरुको २० लाखको निशुल्क दुर्घटना विमा

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा ठुलो व्यवसायि सहकारी संस्थाले कर्मचारीहरुको निशुल्क दुर्घटना विमा गरेको छ ।

विगत दुई वर्ष देखि संस्थाका कर्मचारीहरुका साथै संचालक समितिका पदाधिकारीहरुको समेत निशुल्क दुर्घटना विमा गर्न शुरु गरेको हो ।

विभिन्न विमा कम्पनिहरु संगको सहकार्यमा विगत ८ वर्ष देखि सदस्यहरुको दुर्घटना विमा शुरु गरेको सहकारी संस्थाले कर्मचारीहरुको निर्जिवन विमा वापत वर्षको २० लाख बराबरको दुर्घटना विमा गरेको बताइएको छ । संस्थाका अध्यक्ष काली बहादुर महताराका अनुसार संस्थामा काम गर्ने कर्मचारी र संचालक समिति तथा अन्य पदाधिकारीहरुको दुर्घटना विमा गरिएको बताउनु भएको छ ।

सहकारी संस्थाका सदस्यहरुले प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान रहेको र कर्मचारीहरुको संस्थाले विमा गरिदिने गरेको हो । हाल संस्थाका १३ जना संचालक,लेखा सुपरिवेक्षण समिति तथा ४२ जना कर्मचारीहरुको दुर्घटना विमा गर्दै आएको बताइएको छ ।

विमा गरेका कर्मचारी तथा अन्य पदाधिकारीहरुको दुर्घटनाबाट मृत्यु भएमा २० लाख बराबरको राहत प्रदान गरिने र सदस्यहरुको हकमा एक लाख राहत दिने गरिएको हो । यस वर्ष मात्र दुर्घटनाबाट मृत्यु भएका दुई जना सदस्यहरुको एक लाखका दरले राहत प्रदान गरिएको विमा राहत उपसमितिले जनाएको छ ।

हाल सहकारी संस्थामा १२ हजार ५ सय सदस्यहरु रहेको र ति सदस्यहरुमा ३० करोड बढि कर्जा प्रवाह गरिएको र जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

कालीकोटमा ४ सय बढि सहकारी संस्था भएपनि दुई दर्जन बढि सहकारी संस्थाले विभिन्न कारोवार गर्दै आएको जिल्ला सहकारी संघ लि.कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित