प्रतिनिधिसभाको बैठक सकियो, चैत्र १० गते बस्ने

7
SHARES
15
VIEWS

काठमाडौँ। प्रतिनिधिसभाको बैठक चैत्र १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए ।

शुक्रबार बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले अनुपस्थित सांसदहरुको सूचना प्रस्तुत गरेका थिए ।

त्यसैगरी कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ ।

संसदमा प्रधानमन्त्रि तथा नेकपा(एमाल) अध्यक्ष केपि शर्मा ओलिले सम्बोधन गर्दै देशको निकाशका लागि ताजा जनादेशमा जानु बाहेक अन्य विकल्प नभएको बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित