नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासङ्घले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ ।

पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको हो ।

महासंघको निर्वाचन यही चैत २५ गतेका लागि तोकिएको छ ।

चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिकामा उल्लेख छ ।पछिल्लो समयमा विभिन्न प्रेस संघ संगठनहरुको साझेदारीमा तालमेल गर्न तथा उम्मेद्धारीका लागि नेपाल पत्रकार महासंघमा रस्साकस्सि चलेको छ ।

विभिन्न जिल्लामा सदस्यताका बारेमा मुद्धा परेका छ भने केही स्थानमा आफु नहुंदा अर्कालाई धारे हात हान्न शुरु भएको छ ।

तछाड मछाडको शुरुवात हुन थालेको छ कतै सक्रिय पत्रकारको कुरा आएको छ भने कतै राजनैतिकमा सक्रिय भएको समेत आरोप लाग्न थालेको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वका लागि नेपालि कांग्रेस निकट प्रेस युनियन, नेकपा(एमाले) ओलि समुह निकटप्रेस चौतारीको एकता हुने भएको छ भने नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर, नेकपा(एमाले) माधव निकट प्रेस चौतारी,जनमोर्चाको प्रगतिशिल पत्रकार संघ तथा विप्लव नेकपा निकट जन पत्रकार संगठनको एकता हुने भएको छ  । उता १७ साना पत्रकार संगठनहरुको समेत छुट्टै तालमेल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित