ग्यासको मुल्य ४० प्रतिशत घट्यो,सेवाग्राहीमा खुशियालि

7
SHARES
15
VIEWS

काठमाडौं ।सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् ।

जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार पर्ने गरेको थियो । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताइन  ।

मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित