राष्ट्रिय टिमका प्रशिक्षकले सातै प्रदेशका स्थानीय क्रिकेटरलाई प्रशिक्षण दिने

7
SHARES
15
VIEWS

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सातै प्रदेशका स्थानीय क्रिकेटरलाई प्रशिक्षण दिने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने प्रशिक्षण प्रदेश एकबाट सुरु हुनेछ।

चार दिने ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ मार्च र अप्रिल महिनामा सञ्चालन हुने क्यानको भनाइ छ।

प्रदेश एकमा आगामी बुधबारदेखि प्रशिक्षण सुरु हुनेछ। प्रशिक्षण विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ।

स्थानीय खेलाडीलाई क्रिकेटरमा आकर्षित गर्ने क्लिनिकको लक्ष्य रहेको क्यानको भनाइ छ।

यस्तै स्थानीय प्रशिक्षकलाई आधुनिक तरिकाबाट सिकाउन क्लिनिकले सहयोग गर्ने क्यानले जनाएको छ।

आइसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गतका सिरिज स्थगित भएपछि हाल राष्ट्रिय टिमको प्रशिक्षण पनि स्थगित गरिएको छ।

त्यसैले वाटमोरको फुर्सदको समयलाई सदुपयोग गर्दै क्यानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित