अब नेपालको क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग कि.मि.

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्सामा अतिक्रमित भूमि थपिएपछि ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थपिएको छ। नयाँ नक्सा सार्वजनिकसँग अब नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भएको छ। पुरानो नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अतिक्रमित क्षेत्रका गुन्जी, नाभी, कुटीलगायत गाउँ समेटिएका छन्।

भूमि व्यवस्था मन्त्रालयले औपचारिक रूपमा नयाँ नक्सा सार्वजनिक गरेलगत्तै नापी विभागले बुधबार अपराह्नदेखि नै दस हजारप्रति नयाँ नक्सा छाप्न सुरु गरेको छ। विभागको आफ्नै प्रेसमा नयाँ नक्सा छाप्न सुरु गरिएको हो।

‘तत्काल हामीले १० हजारप्रति नयाँ नक्सा छाप्छौं’, विभागका महानिर्देशक प्रकाश जोशीले भने, ‘सुरुमा हामीले सबै सरकारी निकायमा नयाँ नक्सा उपलब्ध गराउछाैँ। त्यसपछि अन्य ठाउँमा उपलब्ध गराउछौं।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित