विप्लव नेतृत्वको नेकपाको विस्तारित बैठक सम्पन्न,गाउँ गाउँमा बृहत कम्युनिष्ट मोर्चा गठन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट।दुई दिन सम्म बसेको विप्लव नेतृत्वको नेकपा कालीकोटको विस्तारित बैठकले गाउँ गाउँमा बृहत कम्युनिष्ट मोर्चा गठन गर्ने नणर्य गर्दै सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी पदम विक (शाहसी)को अध्यक्षतमा बसेको बैठकमा नेकपाका भेरी कर्नालि व्युरो सदस्य कर्ण भण्डारी(विराट)जिल्ला इन्चार्ज रणदिप,युवा संगठनका केन्द्रिय उपाध्यक्ष दिनेश विक लगाएतका नेताहरुको उपथिति रहेको बताइएको छ ।

नेकपा कालीकोटका जिल्ला इन्चार्ज मनिलाल ऐडी(रणदिप)का अनुसार बैज्ञानिक समाजवादलाई स्थापित गर्न वडा, एरिया तथा गाउँ पालिका स्तरमा मोर्चा गठन गर्ने बताउनु भएको छ ।

त्यसै गरी विस्तारित बैठकले बैज्ञानिक समाजवादका एक गाउँ एक संगठन निर्माण गर्नुका साथै जनवर्गिय संगठन निर्माण गर्ने र ग्रामिण क्षेत्रमा सरकार संग भएका वार्ताका सहमतिलाई कार्यन्वयन गर्न दवाव मुलक कार्यक्रम गर्ने बताइएको छ ।

पछिल्लो समयमा खुला राजनैतिकमा आइसके पछि संगठनका भेला बैठक तथा गतिबिधिहरु तिव्र पारेको विप्लव नेृतत्वको नेकपाले कालीकोटका ग्रामिण क्षेत्रमा मोर्चा तथा भातृ संगठनका भेला तथा बैठकका साथै जनभेटघाटका काम तिव्र पार्दै आएको छ । विस्तारित बैठकले सांगाठानिक जिम्मेवारी पनि फेरबदल गरेको नेकपाले जनाएको छ ।

ह्दयघातका कारण मृत्यु भएका जिल्ला सल्लाहकार समितिका सदस्य  संग्रामको श्रदाञ्जलि सभा समेत गरिएको बताइएाके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित