हिमचुलि सहकारीले मनायो ६४ औं सहकारी दिवस

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा ठुलो सहकारी संस्थाले ६४ औं वर्ष प्रवेशको अवसरमा सहकारी दिवस मनाएको छ ।

जिल्ला सदरमुकाम मान्ममा हिमचुलि कृषि सहकारी संस्था लि.ले सहकारी दिवस मनाएको हो । नेपालमा २०१३ साल चैत्र २० गतेका दिन चितवनबाट शुरु भएको सहकारी स्थापनाको दिनलाई सहकारी दिवस मनाउने गरिएको छ । सोही सिलसिलामा हिमचुलि कृषि सहकारी संस्था लि.लेशेयर सदस्यहरुो उपस्थितिमा चियापना कार्यक्रम गरेको हो ।

सहकारी दिवसका अवसरमा कालीकोट उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतन शाहीले सहकारी क्षेत्रको विकासका कारण आर्थिक सम्बृद्धि र वित्तिय पहुंचमा समुदायको अग्रसरता रहेको बताउनु भएको छ । जिल्लामा सहकारी क्षेत्र र निजि व्यवसायिहरुको सहकार्यमा वित्तिय क्षेत्रमा सकरात्मक काम भएको बताउदै आगामी दिनमा सहकारीका माध्यमबाट विभिन्न कार्य गर्नु पर्नेमा जोड दिनु भएको छ ।

उक्त कार्यक्रममा सहकारी संस्थाका कोषाध्यक्ष कृष्णकला पाण्डेले हिमचुलि कृषि सहकारी संस्था स्थापना भएको १२ वर्षमा उल्लखेनिय काम गरेको बताउदै महिलाहरुको क्षेत्रमा स्तर बृद्धि हुने देखि व्यवसायको शुरुवात भएको बताउनु भएको छ ।

संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले हिमचुलि कृषि सहकारीले संचालन गर्न लागेको डेरीका साथै अन्य व्यवसायको बारेमा जानकारी दिदै सबैले सहकारीमा गोलबन्द भएर आर्थिक सम्बृद्धिको अभियानमा लामबद्ध हुन अनुरोध गर्नु भएको छ र जिल्लाका विभिन्न ठाउँम सहकारी दिवस मनाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित