कालीकोट । कालीकोट जिल्लामा भएको प्रथम भलिवल तथा जेसिस कपको पहिलो दिनमा जिप्रकालाई हराउदै पचालझरनाले जित हात पारेको छ ।
कर्नालि जेसिस कालीकोटले आयोजना गरेको पहिलो दिनको प्रथम भलिवल तथा जेसिस कपमा खांडाचक्र र सान्नित्रिवेणिको समुह विच खेल भएकोमा सान्नित्रिवेणिले जित हात पारेको छ भने दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय कालीकोट र पचालझरनाको समुह विच भएको खेलमा पचालझरनाले जित हात पारेको छ ।
१७ वटा टिम दर्ता भएको खेलकुदका लागि आइतवार विहान नरहरिनाथ र खांडाचक्र विच प्रतिस्पर्धा हुने आयोजक टोलिका लक्ष्मण शाहीले बताउनु भएको छ ।
Discussion about this post