काठमाडौँ । उद्योगहरुले एसिड खरिदका लागि गृहमन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ ।
औद्योगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति लिनुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको हो ।
उद्योगले एसिड राख्नका लागि मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो ।
एसिडको जथाभावी प्रयोगले मानिस घाइते हुने तथा जीवन नै कष्टकर बन्ने भएकाले नियन्त्रणका लागि सरकारले यस्तो व्यवस्था गरेको हो ।
Discussion about this post