पिलिमा एभरेष्ट नेटवर्क प्रा.लिको टावरको सामान चोरी

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकाको पिलिमा रहेको एभरेष्ट नेटवर्क प्रा.लिको रिले टावरको सामान चोरी भएको छ ।

खांडाचक्र नगरपालिका वडा न.७ देखि ९ सम्म,तिलागुफा नगरपालिका र महावै गाउँ पालिकाका वाइफाई सेवा दिदै आएको नेटवर्कको सामान आइतवार सांझ चोरी भएको बताइएको छ ।

उक्त नेटवर्कका प्राविधिक लोकेन्द्र कर्णेलका अनुसार वाइफाई सेवा बन्द भएपछि राता रात कालीकोट आइपुग्दा टावर रहेको पिलिको माथिल्लो भागमा सोला व्यार्टी सहित डिभाइस चोरी भएको बताएका छन । चोरी भएको सामानको लिष्टर सहित खोजि गर्न र चोरीमा संलग्नलाई आवश्यक कार्वाही गर्न अस्थायि प्रहरी चौकी पिलिमा निवेदन दिएको बताएका छन ।

टावर संचालनका लागि डिभाइस् र सोलार सिष्टम मगाइएको प्राविधि कर्णेलले बताएका छन ।
यस अघि पिलिमा रहेको नेपाल टेलिकमको टावरमा पिलिका स्थानिय युवाहरुले तोडफोड गरेको घटना सेलाउन नपाउदै यो दोस्रो घटना भएको हो ।

                                                                              नेपाल टेलिकमको तोडफोड गरिएको सोलार

यस अघि तोडफोडमा संलग्नको अहिले सम्म खोजि हुन सकेको छैन ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपि प्रहरी प्रमुख चक्र बहादु शाहले आफुलाई जानकारी नआएको बताए । उनले भने अहिले सम्म जानकारी आएको छैन । घटनाको बारेमा बुझेर जानकारी दिने बताउदै यस नेपाल टेलिकमको टावरको सोलारमा भएको तोडफोडका लागि संकास्पदलाई पक्राउ गरेर ल्याएको तर स्थानियले साथ नदिएका कारण कार्वाही हुन नसकेको बताए ।

स्थानियले सोलारमा तोडफोड भएको डेढ वर्ष विति सक्दा पनि केही चासो नदिएको प्रति विरोध गर्दै आएका छन ।

अहिले सो क्षेत्रमा ढुक्क साथ मोवाइलको टावर नआउदा सोचेको बेला संचार सुविधा नभएको बताउदै अग्ला डांडाहरुमा आएर फोन गर्नु परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित