कालीकोट । बन जङ्गलमा आगलागी लगाएतका बिपद बढ्दै गएपछि पचालझरनामा सरोकारवाला निकाय बिच अन्तरक्रिया गरिएको छ ।
गाउँ पालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि तथा अन्य निकाय बिच बिहीबार अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले बिपद न्यूनीकरणका लागि सुझाव राखेको र त्यस माथी पचालझरना गाउ पालिका अध्यक्ष खडगराज सेजुवालले सहजीकरण गर्नु भएको भएको छ । कार्याक्रममा बोल्दै बिपद ब्यबस्थापनमा आइपर्ने समस्याका पुर्ब तयारीमा रहन र आ आफ्नो जिम्मेवारी गर्नु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रमको आयोजना बिपद ब्यबस्थापन शाखाले गरेको थियो ।
Discussion about this post