पचालझरनाको खोलि बजारमा आगलागि हुंदा ६ घर नष्ट

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको वडा न. ८को खोलि बजारमा आगलागि हुंदा ६ घरमा आगजनि हुंदा नष्ट भएका छन ।

के कति कारणले घरमा आगजनि भएको भन्ने बारेमा स्पष्ट नभएको उद्धारमा खटिएका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार उद्धारमा इलाका प्रहरी कार्यालयको टोलि,जनप्रतिनिधि र स्थानिय समुदायको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको बताउनु भएको छ । अहिले घटना स्थलमा आगो नियन्त्रणमा आएको बताउनु भएको छ ।

स्थानिय जयसिं शार्कीका अनुसार वाल वच्चाका कारण आगजनि भएको बताउदै उद्धारका लागि अनुरोध गरेका छन । अहिले ४ घर र २ गोठ गरी ६ घर जलेका हुन । दिउसो १ वजेबाट आगलागि भएकोमा ४ वजे सम्म नियन्त्रणमा ल्याइएको बताउदै मानविय क्षेति नभए पनि उक्त आगलागि प्रति दुख व्यक्त गर्दै  राहतका लागि गाउँ पालिकाले पहल गर्ने अध्यक्ष सेजुवालले बताउनु भएको छ ।

आगजनि हुनेमा अति शार्की, विरमाने शार्कि, भैरे शार्की,धनराज शार्की र अमृते शार्कीको घर जलेको गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ । सयुंक्त घर भएकाले एका घरमा अलग बस्दै आएका जम्मा १४ घरमुलिलाई आगजनिबाट असर परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित