रास्कोट कम्युनिटी हस्पिटल नगरपालिकालाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट कम्युनिटी हस्पिटललाई रास्कोट नगरपालिकामा हस्तान्तरण गरिएको छ ।

रवि लामिछाने फाउण्डेसनको नेतृत्व तथा रास्कोट कम्युनिटी हस्पिटलको संयोजकत्वमा निर्माण भएको उक्त अस्पताल रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

राष्टिय सभाका सदस्य नरपति सुनार र रवि लामिछानेको उपस्थितिमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराललाई हस्तान्तरण गरिएको हो । उक्त अस्पताल हस्तान्तरणमा अस्पतालको अवस्थाका बारेमा बुझ विस्तार गर्दै रवि लामिछानेले दुर्गमका समुदायको रोग व्याधिबाट दुःख झेल्नु पर्ने अवस्था आउन नदिन देश विदेशमा रहनु भएका सर्वसाधारणको सहयोगबाट अस्पताल निर्माण भएको र यसलाई व्यवस्थित ढंगले सुचारु गर्न रास्कोट नगरलाई अनुरोध गर्नु भएको छ ।

अस्पताल हस्तान्तरण कार्यक्रममा माननिय नरपति सुनार,रवि लामिछाने र रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, उपप्रमुख मिमसरा बम(शाही) रास्कोट कम्युनिटी हस्पिटलका अध्यक्ष  तुलराज सिमखाडा लगाएतको उपस्थितिमा झण्डोत्तोलन सहित हस्तान्तरण गरिएको बताइएको छ ।

अस्पताल निर्माणमा सहयोग गरेकोमा रास्कोटी जनताले रवि लामिछानेलाई धन्यवाद दिएका छन । अस्पताल निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेकोमा रवि लामिछाने तथा सहयोगि निकायलाई रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले धन्यवाद दिनु हुंदै आगामी दिनमा रास्कोट बासिका लागि मात्र नभई सिंगो कालीकोटका जनताको लागि टेवा पुग्ने बताउनु भएको छ ।

उक्त अस्पताल ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि कोरोनका कारण ढिलाई भएको बताइएको छ । रास्कोट अस्पताल नामाकरण गरिए संगै रास्कोट नगरपालिकाले उक्त अस्पताल संचालन ल्याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित