पचालझरनामा जनगणना कार्यालय अध्यक्ष सेजुवाल द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । ” मेराे गणना, मेराे सहभागिता”  भन्ने मुल नाराका साथ संचालन हुन लागेको राष्ट्रिय जनगणना २०७८को पचालझरनामा कार्यालय स्थापना भएको छ ।

जिल्ला भर चार वटा स्थानमा शुरु गरिएका कार्यालय मध्ये पचाझरना गाउँ पालिकाको पणेक्षामा रहेको कार्यालयको  अध्यक्ष सेजुवालले उद्घाटन गर्नु भएको छ । उक्त कार्यालयले पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिकामा जनगणना सम्बन्धि काम गर्ने बताइएको छ ।

पचालझरना गाउँ पालिकामा आज एक कार्यक्रमका विचमा उद्घाटन गरिएको कार्यका प्रमुख अतिथि समेत रहेका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले जनगणनाले बस्तुगत अवस्थाका बारेमा जानकारी लिइ वास्तविक र यर्थातपरक जनसंख्या आउनु पर्नेमा जोड दिनु भएको छ ।

कार्यालय उद्घाटनमा जनगणना कार्यालयका प्रतिनिधि,जनप्रतिनिधि,स्थानिय समुदायहरुको उपस्थिति रहेको सुचना प्रविधि अफिसर प्रकाश कठायतले जनाएका छन ।

जिल्लाका रास्कोट, नरहरिनाथ, खांडाचक्र लगाएतका क्षेत्रमा कार्यालय संचालन गरी २०७८ जेष्ठ देखि जनगणना शुरु हुने भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित