पचालझरनाका आगलागि पिडितलाई रेडक्रस द्धारा राहत सामाग्रि

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको खोलि बजारका आगालागि पिडितलाई रेडक्रस नेपाल कालीकोट शाखाले राहत सामाग्रि हस्तान्तरण गरेको छ ।

खोलि बजारमा पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा आगलागि पिडित घरपरिवारलाई क्रिपाल,कम्मल वितरण गरिएको रेडक्रस उपशाखा जारकोटका सभापति कृष्ण सेजुवालले बताउनु भएको छ । चैत्र अन्तिम साता पचालझरना गाउँ पालिका ८ विस्खेतमा रहेको खोलि बजारमा ६ जनाको घरमा आगजनि भएपछि धनमाल नष्ट भएको थियो ।

सभापति सेजुवालका अनुसार तत्काल बसाइ व्यवस्थापन गर्नका लागि क्रिपालको व्यवस्था गरिएको बताउदै अन्य व्यवस्थापनका लागि आफुले पहल गरेको समेत बताउनु भएको छ । यस अघि पचालझरना गाउँ पालिकाले प्रति परिवारलाई खाद्यन्न,तेल र दालको व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित