‘स्टार अफ द मिलिनियम’का लागि २० जना प्रतियोगी छनोट

7
SHARES
15
VIEWS

काठमाडौं । ‘स्टार अफ द मिलिनियम २०२१’ का लागि २० जना प्रतियोगी छनोट भएका छन् ।

संघीय राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् ।

व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए ।

 

अगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनल स्पर्धा आयोजना हुने प्रतियोगीताको मुख्य प्रयोजक लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर लगनखेल र सहप्रायोजक जोजोलोप्पा गाडेन रेष्टुरेन्ट कीर्तिपुर रहेको छ ।

शिर्ष सहित आधादर्जन बिजेता छानिने प्रतियोगीताका विजेताले बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन् भने कोरियोग्राफी राज फैजुले नै गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित