सिमकोट विमानस्थल जोखिममा

7
SHARES
15
VIEWS

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ ।

विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो ।

निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उनीहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको अध्यक्ष लामाको भनाइ छ । विमानस्थल जोखिममा पर्न थालेपछि माटो खन्ने कार्य रोक्नका लागि जिल्लास्थित सुरक्षा अधिकारीसँग छलफल भइरहेको बताए ।

‘सिमकोट रिङ रोडका लागि खेल मैदानको माथि केही जग्गा खाली राखिएको हो’ उनले भने, ‘तर लुकिछिपी माटो खनेर लिनेहरूका कारण उक्त जग्गा नै भत्किन थालेपछि सिमकोट विमानस्थल नैं जोखिममा परेको हो ।’

विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्न काम तत्काल रोक्नुपर्ने जानकारी दिए ।

निर्माणाधीन अवस्थामा भएका कारण घरमा लिप्ने प्रयोजनले स्थानीयवासीले माटो लिन थालेको उल्लेख गर्दै उनले सबैको समन्वयले तत्काल माटो झिक्न बन्द गर्नुपर्ने बताए ।

‘झट्ट हेर्दा सामान्य जस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ’ प्रजिअ आचार्यले भने, ‘तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’

सिमकोट खेल मैदानको माथि तिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ नै जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।

‘खेल मैदानको भिटा तर्फको माटो झिकेर विमानस्थललाई जोखिम निम्त्याएको छ’ नाम उल्लेख नगर्न आग्रह गर्दै सिमकोट विमानस्थलका एक कर्मचारीले भने, ‘हामीले यससम्बन्धी सरोकारवाला निकायको ध्यानाकर्षण धेरै अघिदेखि गराउँदै आए पनि कसैले नटेरेकाले विमानस्थलमाथिको जोखिम दिनानुदिन बढ्दै गएको छ ।’ –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित