फ्लोर क्रस गर्ने ४ सांसदलाई पार्टीबाटै हटाउने एमालेको निर्णय

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा एमालले पार्टीको निर्णय विपरित मतदान गर्ने ४ जना सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई कारवाही गरिएको कर्णाली प्रदेश एमाले संसदीय दलले जनाएको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा पार्टी ह्वीप विपरित मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मतदान गरेपछि पार्टीले उनीहरुलाई कारवाही गरेको हो ।

उनीहरुलाई पार्टीबाट हटाउने गरी निर्णय गरिएको जनाइएको छ ।

४ जना एमाले सांसदहरुले पार्टीको ह्वीप विपरित शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको छ ।

३९ जना सांसदमध्ये २२ जना सांसदहरुको समर्थनसहित शाही नेतृत्वको प्रदेश सरकार जोगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित