एमसिसी सम्झौता लागु गरे जनविद्रोह हुन्छ –नेकपा नेता विराट

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाका नेता कर्ण बहादुर भण्डारी(विराट)ले जनताबाट अस्विकार गरेको एमसिसी सम्झौता संसदमा लिएर व्युताउने कुचेष्टा गरेको प्रति विरोध गर्नु भएको छ ।

सान्नित्रिवेणि गाउँ पालिका स्तरिय जनभेलालाई सम्बोधन गर्दै नेता विराटले सो कुरा बताउनु भएको हो । वहाँले कुनै प्रकारले एमसिसी पारित भएमा देशमा ठुलो विद्रोह हुने दावि समेत गर्नु भएको छ ।

सो जनभेलामा अनेमसंघ(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष धिरिन्द्रा उपाध्यायले आफुहरुको पार्टी सरकार संग घांटी जोड्न नभई जनताका समस्या समाधानका लागि जनमत संग्रह गर्न जनतामा आएको बताउदै सरकार वार्तामा ईमान्दार बन्नु पर्ने धारण राख्नु भएको छ ।

त्यसै गरी महिला नेतृ उपाध्याले उत्पिडित जाती जनजाती महिला दलित हरुको पुर्ण मुक्तीका लागी बैज्ञानिक समाजबाद जरुरी भैसकेका ले बैज्ञानिक समाजवादमा सहयोग गर्न अपिल गर्नु भयो ।

जनभेलामा नेकपा कालीकोटका जिल्ला इन्चार्ज लगाएतले सम्बोधन गरेको बताइएको छ । उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढि अन्य पार्टीबाट नेकपामा प्रवेश गरेको बताइएको छ ।जनसभामा सांस्कृति कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित