काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सोमबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।
रकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न आज स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका नेता मात्रिका यादवले जानकारी दिएका छन् ।
कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो ।
Discussion about this post