कालीकोट । रास्ट्रीय जनगणना २०७८ का लागि पचालझरना गाउँ पालिकामा सचेतना गोष्ठी भएको छ । पचालझरना र पलाता गाउँ पालिका जनप्रतिनिधि तथा सरोकारवाला निकाय बिच अन्तरक्रियात्मक सहित सोमबार सचेतना गोष्ठी गरिएको हो । उक्त कार्यक्रममा गाउँ पालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको छ ।
पचालझरना गाउँ पालिकाको पणेक्षामा शुरु भएको कार्यक्रममा जिल्ला जनगणना अधिकारी कमलराज गिरी, सहयाक जिल्ला जनगणना अधिकारी नर बहादुर मिजारको सहजीकरणमा सचेतना गोष्ठी गरिएको सुचना प्रबिधि अधिकारी प्रकाश कठायतले बताउनु भएको छ ।
मेरो गणना मेरो सहभागिता भन्ने मुलनाराका साथ आगामी जेष्ठ देखि शुरु हुने भएको छ । पचालझरना र पलाता गाउँ पालिका हेर्ने गरि पणेक्षामा कार्यालय स्थापना गरिएको छ ।
Discussion about this post