छोराको जन्मदिनमा स्वस्थ्यकर्मि संज्यालले क्यान्सर पिडितलाई १० हजार सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । छोरा बिनय संज्यालको जन्मदिनको अवसरमा पचालझरना गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले क्यान्सर पिडित जाड तिरुवाको उपचारका लागि १० हजार सहयोग गरेका छन ।

छोराको जन्मदिनको अवसर पारेर पचालझरना २ धमालि निवासी क्यान्सर पीडित जाड तिरुवाको उपचार को लागि नगद सहयोग गरेको बताइएको छ ।

उक्त रकम उनको पत्नि तुला तिरुवा लाई दिइएको हो ।

सानो सहयोगबाट पिडितको ज्यान जोखिमबाट बच्ने र भावि दिनमा विनयले यस्ता पिडितको पक्षमा सेवा गर्ने अवसर जुट्ने आशा व्यक्त गर्दै विनयका बुवा विरेन्द्र संज्याल र आमा नविता उपाध्ययले आशा लिएका छन ।

छोराको जन्मदिनको अवसरमा सहयोग गर्दा सहयोगि मनले विरामीलाई उपचार गर्ने अवसर जुराएकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले धन्यवाद दिदै दुखमा परेकाहरुलाई सहयोग गर्ने भावनाको विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित