माओवादीद्वारा दुई मेयर र पाँच उप–मेयरलाई कारबाही, को को परे ?

7
SHARES
15
VIEWS

काठमाडौं । माओवादी केन्द्रले दुई मेयर र पाँच उप–मेयरलाई कारबाही गर्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

मेयर र उप–मेयरहरू एमालेतिर लागेपछि रौतहटका दुई मेयर र पाँच उप–मेयरलाई माओवादीले पार्टीबाट निष्काशन गर्दै पदमुक्त गर्न कारबाही अगाडि बढाएको हो ।

नगर प्रमुखद्वय मौलापुरकी रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ । उनीहरूले पार्टीको प्रदेश समिति सदस्य थिए ।

उप–प्रमुखहरू मौलापुर नगरपालिकाका गौरीशंकरप्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्काशित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पटेलले जानकारी दिए ।

माओवादीले कारबाही गर्नुभन्दा अगाडि स्पष्टीकरण सोधेको थियो । पार्टीको विधानविपरीत काम गरेकाले उनीहरूसित स्पष्टीकरण सोधेको सचिव पटेलले बताए । ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो’, उनले भनेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उप–मेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित