पचालझरनामा कोभिड व्यवस्थापनका लागि कैफुमा २५ बेडको आइसोलेसन तयार

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा कोरोना महामारीले व्यापक रुप लिएपछि पचालझरना गाउँ पालिकाले कोभिड व्यवस्थापनका लागि राम्नाकोटको कैफुमा निर्माण भएको नव निर्मित भवनमा २५ बेडको आइसोलेसन  सुचारु गरिएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले स्थलगत अनुगमन गर्दै कोभिडका विरामीहरुलाई सम्पूर्ण व्यवस्थापन सहितको तयारी गरिएको बताउनु भएको छ ।
पछिल्लो समयमा पचालझरना गाउँ पालिकामा ३ जनामा संक्रमण देखिएको र उनिहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

स्वस्थ्य शाखा पचालझरनाका प्रमुख विरेन्द्र संज्यालले पचालझरनामा कोरोना व्यवस्थापनमा कुनै पनि कमि नरहने गरी व्यवस्थापन गर्न लागिएको बताउनु भएको छ ।
कोरोनाका लक्षण भएकाहरुलाई खाना, बास र अन्य व्यवस्थापन सबै पुरा भएको बताउदै वडा न. ८मा ४६ जनामा चेकजांच गर्दा १ जनामा एन्टिजेन पोजिटिभ देखिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित