कर्नालिमा टिप्पर खस्यो, दुई जना बेपत्ता

7
SHARES
15
VIEWS

दैलेख । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्नालि नदीमा खसेर दुर्घटना भएको छ ।

बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस नगरपालिका– ४ खोटे सल्ला भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक र सह–चालक बेपत्ता भएका छन् ।

टिप्पर दाङको लमहीदेखी जुम्लातर्फ सिमेन्ट लोड गरी जाने क्रममा खोटे सल्ला भन्ने कर्णाली राजमार्गस्थित कर्नालि नदीमा अन्दाजी १५० मिटर तल पल्टिएको दैलेख प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय राकम कर्नालि दैलेखबाट खटिएको प्रहरी टोलीले हराइरहेका चालक र सह–चालकको खोजी कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित