नाफाको जिन्दगि कोभिड देखि डराउदैन जनताको सेवा गर्ने हो — माओवादी नेता इन्द्र रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)पलांताका अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले कोभिड महामारीको भयावह अवस्थालाई  मध्यनजर गर्दै जनतालाई उच्च सर्तकता अपनाउनका लागि जनताको विचमा रहेर सेवा गरीरहेको बताएका छन ।

कर्नालि संचार संग कुरा गर्दै उनले जतिवेला सम्म जीवन चलिरहन्छ त्यति वेला सम्म संकट र महाबिपत्तिमा समाजसेवामा निरन्तर लाग्ने सिपाहि भएको दावि गरेका छन ।

उनले विगतमा दस बर्षे मुक्ति युद्दमा दुस्मनको बम र बारुद संग हाँसि हाँसि अग्र मोर्चामा गोलिका पर्रा संग शिर नझुकेको मान्छेलाई कोभिडको डरले लुक्नु पर्ने अवस्था नभएको बताए ।

कसैले लुकेको भन्ने कुरा सरासर भ्रम हो जनताको पक्षमा भन्दा आफ्नो स्वार्थका लागि अघि बढेकाहरुको मित्थ्या आरोप भएको बताएका छन ।

बरु सत्ताका मात लागेकाहरुले बाघको छालामा स्यालको रजाई भए जस्तै गरेर आफ्नो बाबुको सम्पति ठानेर सुगुरले आकाश देखे झै गरेको बताए । उनले भने समाजको वास्तविक सत्य छोडिएन ।कोभिड जावाको के डर छ र ।

नाफाको जिन्दगि। हो बांकी समय जनताको बिच रहने बताए । पछिल्लो समय माओवादी केन्द्रका गाउँ गाउँमा संगठन विस्तार लगाएत कार्यक्रम तिव्र पारेका रोकायाले कोरोनाका विचमा जनसेवक भएर अघि बढेको दावि गरेका छन ।

पलांता गाउँ पालिकामा स्थानिय सरकार र पार्टी विच विगत लामो समय देखि अन्तरविरोध रहदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित