जिल्लामा किड अभावको बेला पचालझरनाले आफ्ना नागरिकलाई पिसिआर परिक्षण गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला भर कोरोना महामारीको भयावह अवस्था भएर परिक्षणका लागि एन्टिजेन किडको अभाव भएको समयमा पचालझरना गाउँ पालिकाले आफ्ना नागरिकलाई पिसिआर परिक्षण गर्ने भएको छ ।

पचालझरना गाउँ पालिकामा पहिलो चरणमा १०० जनाको पिसिआर परिक्षण हुने भएको छ । पचालझरना गाउँ पालिका स्वस्थ्य शाखाले गाउँ पालिकाका प्रत्येक वडाबाट १०जना र अन्य कर्मचारी समेत गरेर एक सय जनालाई पिसिआर परिक्षणका लागि पठाउन अनुरोध गरेको छ ।
गाउँ पालिकाको स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्याल द्धारा हस्ताक्षरित सुचनामा कोरोनाका सामान्य लक्षण देखिएका, विदेशबाट आएका,जेष्ठ नागरिक तथा दिर्घ रोगि र सुत्केरी, गर्भवति महिलाहरुलाई पिसिआर चेकका लागि पठाउन वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

आइतवार देखि गाउँ पालिकाको तिन स्थानमा परिक्षण गरिने बताइएको छ । वडा न. १,२ र ३को लागि पणेक्षा,वडा न. ४,५ र ६को लागि जारकोट र वडा ने ७८ र ९क लागि भैसेसैनमा परिक्षण गरिने बताइएको छ ।

यस अघि जिल्ला स्वस्थ्य कार्यालयले दिएको ५० वटा एन्जिेन किड अपुग भएपछि पचालझरना गाउँ पालिकाले पिसिआरको व्यवस्था गरेको हो । अहिले पचालझरना गाउँ पालिकामा १३  जना कोरोना संक्रमित रहेको स्वस्थ्य शाखा प्रमुख संज्यालले बताउनु भएको छ । वहाँले भन्नु भयो गाउँमा ज्वरोका विरामी बढ्न थालेकाले कोभिड १९को अवस्थाका बारेमा जानकारी लिनका लागि पिसिआर परिक्षण गर्न लागिएको बताउदै उक्त पिसिआर चेक पछि कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने र सो को रिर्पाेट वास्तविक अवस्था बुझिने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाका विभिन्न ठाउँमा कोरोनाका सामान्य लक्षण देखि थाले पछि ढुक्क हुन र वास्तविक विरामीको पहिचानका लागि पिसिआर प्रविधिबाट चेक जांच गर्न लागिएको बताउदै वडा स्तरबाट कोरोनाका लक्षण देखिनुका साथै विदेशबाट आएकाहरुलाई सिफारिस गरी पठाउन अनुरोध गर्नु भएको छ । वहाँले भन्नु भयो सबै भन्दा नागरिकको स्वस्थ्य ठुलो कुरा हो त्यसैले हामीले किड अभाव भएको समयमा जोखिम मोलेर भएपनि पिसिआर परिक्षण गर्न लागेका हौं ।

अध्यक्ष सेजुवालले नागरिकको स्वास्थ्यका लागि जनुसुकै मुल्य चुकाउन आफुहरु तयार रहेको बताउनु भएको छ

पचालझरना गाउँ पालिकामा गएको वर्ष पहिलो चरणको कोरोना कहरका समयमा पनि १०० जनालाई पिसिआर परिक्षण गरिएको थियो । पचालझरनाको यस कामको सर्वत्र प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित