प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न तीन दलको राष्ट्रपतिलाई आह्वान

7
SHARES
15
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न तीन दलले राष्ट्रपतिलाई आह्वान गरेका छन् ।

तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् ।

विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित