कालीकोट । जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्थाले खांडाचक्र नगरपालिकामा ओखर खेति गरेको छ । खांडाचक्र नगरपालिकाको वडा न.४ गल्लिमा रहेको आफ्नै जमिनमा ओखर खेति गर्न लागिएको बताइएको छ ।
संस्थाको १६ हजार वर्गमिटर जमिनमा ओखरका ५ सय विरुवा लगाइएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।
वहाँका अनुसार खांडाचक्रको गल्लिमा पर्माकल्चर प्रविधि मार्फत ओखरका विरुवा लगाइएको बताउनु भएको छ । त्यसै गरी उक्त जमिनमा टिमुर लगाएतका विरुवा समेत लगाइने भएको छ ।
यस अघि सो जमिनमा संस्थाले बाख्रा फर्म संचालन गरेको सहकर्मि पुष्प उपाध्ययले बताएका छन ।
संस्थाले रास्कोट नगरपालिकाको सिप्टिविशालिमा स्याउ खेति संचालन समेत गरेको बताइएको छ ।
तस्बिर :सस्थाका मुख्यब्यबस्थापक तथा अन्य कर्मचारीहरु बिरुवा लगाउदै
Discussion about this post