पचालझरनाको पिसिआर स्वाब जुम्ला पुग्यो,रिपोर्ट मङ्गलबार आउने

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको दोर्सो लहरमा पहिलो पटक पिसिआर परिक्षण गरेको पचालझरना गाउँ पालिकाले स्वाब जुम्ला पुगाएको छ । आइतबार गाउँ पालिकाका ६७ जना समुदायको स्वाब परिक्षण गरिएको थियो ।

जिल्लामा किड अभाब भएको समयमा गाउँ पालिकाले आफै पिसिआर भिटियम खरिद गरेर स्वाब लिएको हो।

उक्त पिसिआर स्वाब कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा सोमबार पुगाएर सोमबार टोलि कालीकोट आइ पुगेको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताउनु भएको छ ।

वहाँका अनुसार परिक्षण गरिएका स्वाबको रिपोर्ट मङ्गलबार आउने बताउदै उक्त रिपोर्टका आधारमा जोखिमको अवस्था बुझ बिस्तार हुने र सोही अनुसाको योजना  बनाइ कोभिड ब्यबस्थापनमा लाग्ने बताउनु भएको छ ।

यस अघि पचालझरना गाउँ पालिकालाइ जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले चेक जाचका लागि ५० वटा एन्टिजेन किड पठाएको थियो ।

त्यसबाट सबै नागरिकलाइ अपुग हुने भएपछी गाउँ पालिकाले आफै ब्यबस्थापन गरेको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ  । पिसिआर परिक्षण भएपछी पचालझरना बासिले सरकार हुनुत पचालझरना जस्तो हुनु पर्छ भन्ने अभिव्यक्ति दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित