यस्तो बन्दै छ पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्रको डिपिआर मार्फत स्मार्ट सिटी बन्न डिपिआर तयार भएको छ ।

स्थानियको जग्गा गाउँ पालिकालाई हस्तान्तरण पछि बन्न लागेको पणेक्षामा राष्ट्रिय स्तरको रंगशाला देखि चक्रपथका साथै आवसिय भवन र वसर्पाकको स्थान किटान गरिएको छ । एक सय मिटर चौडाई र एक सय ५० मिटर लम्बाइमा  रंगशालाका लागि काम शुरु भएको गाउँ पालिकाले जनाएको हो ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानले पचालझरना प्रशासनिक केन्द्रका लागि आवश्यक जमिन केही समुदायहरुले पालिकालाई दिन आनाकानि गरेकाले डिपिआर अनुसार अघि बढ्न समुदायहरुका विचमा विभिन्न चरणमा छलफल गरिएको र अन्तिममा जिल्ला मालपोत र नापि कार्यालयबाट प्रविधि सहित जनशक्ति बोलाएर काम अघि बढाउन पहल भएको बताउनु भएको छ ।

जग्गाका विषयमा भएको विवादलाई समाधान गर्न आफु नेतृत्वको समस्या समाधान समिति गठन भएको र सम्बन्धित समुदायलाई उपस्थिति गराई निकास निकाल्न छलफल भएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिका केन्द्रलाई आवश्यक पर्ने जमिन निश्चित ठाउँमा मात्र नभई विच विचमा भएकाले काम गर्न कठिन भएको बताउदै निकट भविष्यमा काम अन्तिम चरणमा पुगिसकेकाले तत्काल काम सम्पन्न गरेर डिपिआर अनुसार अघि बढ्न पहल भएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

वहाँका अनुसार पचालझरना गाउँ पालिकाको मात्र नभई पणेक्षा जिल्लाको नमुना शहर बनाउनुका साथै बजारीकरण देखि हरेक कुरामा व्यवस्थित बनाउन आफुहरु लागि परेको बताउनु भएको छ । पणेक्षालाई १० भागमा विभाजन गरी व्यवस्थित शहर बन्ने गाउँ पालिका अध्यक्ष सेजुवालको धारणा रहेको छ ।
यस्तो छ नमुना शहरको परिकल्पना :
१.बसपार्क
२.बजार क्षेत्र
३.स्कुल
४.अस्पताल
५.खेलमैदान(रंगशाला)
६.आवसिय भवनहरु
७.पार्किंग क्षेत्र
८.प्लट
९.प्रहरी स्टेशन
१०.मन्दिर

वरीपोरी चक्रपथ र सो भन्दा बाहिर बजार क्षेत्र विस्तार गर्ने गाउँ पालिकाले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित