कालीकोटको मनमोहक पर्यटकिय क्षेत्र रुडु बन्चु ओझेल (तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको अति रमणिय मानिएकोे पर्यटकिय रुडुबन्चु निकै मनमोहक रहेको क्षेत्रका रुपमा भएपनि अहिले ओझेलमा परेको छ । कर्णालिको तराइ भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चुले अहिले महत्व पाएको छैन ।

(साविक चिल्खाया गाविस)तिलागुफा नगरपालिकामा पर्ने रुडुबन्चु प्राकृतिक सम्पदाको शुन्दर भुमिका रुपमा रहेको छ ।तल्लो क्षेत्रमा रहेको उपत्याका जस्तो फांट देखिने चिल्खायाको ज्युला र त्यसै संग जोडिएको रुडुबन्चु पाटन सबैको मन लोभ्याउने गरेको छ । पशुपालनको लागि निकै महत्व मानिएको रुडुबन्चुमा यार्सागुम्बा समेत पाइने गरेको शिक्षक टोप बहादुर शाहीको भनाई रहेको छ ।

वर्षनि भेडा तथा बाख्रा पालनबाट राम्रो कमाइ गर्ने यहांका नागरिकहरुले उनि कम्बल उत्पादन गर्दै आएका छन । यहाँ उत्पादन गरिएका उनि राडी कम्बल सुर्खेत लगाएतका बाह्य जिल्लामा जाने गरेको बताइएको छ । त्यस क्षेत्रको पर्यटन प्रवद्धनमा तिलागुफा नगरपालिकाले विशेष योजना बनाइएको छ । तिलागुफा नगरपालिका वडा न. ११ का वडा अध्यक्ष मुन बहादुर थापाले “पर्यटकिय प्राकृतिक सम्पदा र धार्मिक क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं ।” वहांले भन्नु भयो चिल्खायाको रुडुबन्चु, तिलानदिको काखमा रहेको तिलागुफा, फोइमहादेवको खमाले गुफा,फुलवारी पाटन,स्याउले त्रिवेणि,महावै देवता फुर्केसल्ला लगाएतका धार्मिक तथा पर्यटकिय क्षेत्रले तिलागुफा नगरपालिकाको सान बढाएको छ त्यसका लागि विकास प्रवद्धन गर्न नगरपालिकाको ध्यान गएको जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।

यस नगरपालिकामा फलफुल तर्फ स्याउ र कृषि तर्फ स्थानिय मार्सिधान तथा सिमी अत्याधिक मात्रामा उत्पादन हुने क्षेत्र हो । कृषि विकास कार्यालय कालीकोटबाट संचालित कार्यक्रम अन्तरगत स्याउ जोनका रुपमा त्यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिएको बताइएको छ ।

निकै महत्व मानिएको चिल्खायाको पर्यटकिय क्षेत्रलाई उचित स्थान नदिएको चिल्खायाका स्थानिय मनसिंह शाहीले बताउनु भयो । वहांले भन्नु भयो जति महत्व छ त्यति नगरपालिकाको ध्यान जान सकेको छैन त्यसका अहिले गरेको व्यवस्थापनले नहुने तर्क रहेको छ । नगरपालिकाको मुख्य क्षेत्रको रुपमा लिएको भए चिल्खायाबाट स्थानिय सरकारका लागि निकै फाइदा पुग्ने शाहीको भनाइ छ ।

जुम्ला र मुगुको दोभानमा रहेको यस नगरपालिकामा राराको मुख्य द्धारका रुपमा रहेको छ । समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर देखि २हजार ५ सय मिटर उचाइमा रहेको यस नगरपालिकामा अर्काे विशेषता के रहेको छ भने वडा न. ३ को फोइमहादेव तामाखानिको सम्भावना रहेको बताइएको छ ।त्यसै गरी जुविथाको हरिचौरमा रहेको कालो सेता ढुंगा खानि र छाप्रेमा रहेको लादे पत्थर खानि समेत रहेको नगर प्रोफाइलमा उल्लेख गरिएको छ ।

# तस्विर मुनबहादुर थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित