कालीकोट । नेकपा(एमाले)कालीकोटको माधब पक्षिय जिल्ला अध्यक्षको बिषयलाइ लिएर नवौ जिल्ला अधिबेशन बाट बिजयी जिल्ला उपाध्यक्ष रमेश कुमार शाहिले राजिनामा दिएका छन ।
उपाध्यक्ष शाहिले पार्टी विधि र पद्धति बिपरित भएको भन्दै समाजिक संजालमा पाएको जानकारी अनुसार आफू सहमत नभएकोले समाजिक संजाल मार्फत राजिनामा दिएको बताएका छ्न ।
उनले पार्टी विधि र पद्धति भन्ने कुरा मात्र रहेछ, व्यबहारमा रहेन छ भन्दै दुख ब्यक्त गर्दै आफू नेकपा एमालेको कर्नालि प्रदेश कमिटी सद्स्य नर्हने गरी राजिनामा दिएको बताएका छ्न ।
उपाध्यक्ष शाहिले जिल्ला अध्यक्षको दाबी गर्दै आएको बताइएको छ ।नेकपा एमाले केन्द्रिय कमिटीले बिश्वराज बमलाइ अध्यक्षमा चञ गरे पछि असन्तुष्टि बाहिर आएको स्रोतको भनाइ छ ।
Discussion about this post