रास्कोटमा उपमेयर शाहीको पहलमा २४ घण्टा भित्र आइसोलेसन बेड स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीको समयमा बेड नपाएर उपचार गर्न कठिन भइरहेको समयमा रास्कोट नगरपालिकाको उपमेयर मिमसरा बम शाहीको पहलमा २४ घण्टा भित्र आइसोलेसन बेडको व्यवस्थापन गरिएको छ ।

उपमेयर शाहीले जिल्ला स्वस्थ्य कार्यालय कालीकोट र कर्नालि प्रदेश अस्पताल सुर्खेतमा पहल गरेपछि आज १५वटा बेड तयारी भएको स्थानिय कौशल न्यौपानेले बताएका छन । उनले यस अघि १० वटा मात्र बेड रहेको रास्कोट अस्पतालमा २५ जना विरामी भएपछि भुईमा उपचार गर्नु पर्ने बाध्यता रहेको थियो ।अब विरामीको उपचारमा कुनै पनि कमि नहुने बताएका छन ।

रास्कोट अस्पतालमा हाल मौजुदा बेडमा थप भएपछि विरामीको उपचार गर्ने स्वस्थ्यकर्मिहरुको शाहस बढेको बताइएको छ । रास्कोट नगरपालिकाका समुदायको लागि कोरोना देखि अन्यउ अपचारमा कमि हुन नदिरास्कोटने बताउदै जस्तो सुकै जोखिम मोलेर पनि उपचार गरिने दावि गर्नु भएको छ ।

रास्कोटबासिका लागि जिल्ला बाहिर बसेका युवाहरुले समेत व्यवस्थापन गर्न लागि परेको बताएका छन । जापान बस्दै आएका विष्णु रोकायाले जापान लगाएतका बाहिर देशमा रहेकाहरु संग समन्वय भएर सहयोग जुटरहेको बताएा छन ।

रास्कोटमा हाल सम्म स्वस्थ्य परिक्षण गरेको मध्ये ७६ जना संक्रमित रहेको र सो मध्ये १८ निको भएर घर फर्किएको बताइएको छ ।अहिले सम्म रास्कोट अस्पतालमा २५जना सक्रिय संत्रमित रहेको रास्कोट अस्पतालले जनाएको छ ।

त्यसै गरी कम्युनिटी हस्पिटलका पूर्व संचालक तुलराज संज्यालले अहिले रास्कोटका कौशल न्यौपानेको व्यवस्थापन र डा.भोजराज लगाएतको टिममा उपचार भइरहेको बताएका छन । रास्कोट नगरपालिकाले वडा न. ६का अध्यक्ष तथा रास्कोट नगरपालिकाका प्रवक्ता टक फर्साल(बदला)लाई कोरोना व्यवस्थापनका लागि खटाएको बताइएको छ ।

पछिल्लो समयमा रास्कोट नगरपालिकाका प्रमुख काठमाडौंमा कोरोना संक्रमित भएपछि उपमेयर लगाएतको टोलि अहोरात्र लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित