पचालझरना गाउँ पालिकामा जेष्ठ ७ गते पिसिआर परिक्षण गरिने

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीलाई रोकथाम गर्न पचालझरना गाउँ पालिकाले फेरी पिसिआर गर्ने भएको छ ।

पचालझरना गाउँ पालिकाको आइतबार बसेको कार्यपालिका बैठकले जेष्ठ ७ गते पिसिआर गर्ने भएको छ ।
पालिकाका सबै वडाहरुलाइ पाएक पर्ने गरि परिक्षण गर्न लागिएको बताइएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पहिलो चरणमा पिसिआर गर्दा संक्रमीत बढेपछी एक पटक फेरी परिक्षण गर्न लागेको बताउनु भएको छ । वहाँका अनुसार तत्काल एम्बुलेन्स संचालमा ल्याउने, वडा स्तरमा राजनैतिक दल,सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा बिपद समिती मार्फत कोरोना बिरुद्ध सचेतना अभियान संचालन गर्ने, बिराममिहरुलाइ सहज हुने गरी सिकु रुच्काको भवनलाइ आइसोलेसन बनाउने,यस वर्ष पालिकामा कोभिड ब्यबस्थापनका लागि गरिएको खर्चको बारेमा समेत जानकारी गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका स्वास्थ्य संयोजक बिरेन्द्र सन्ज्यालले पालिकामा रहेका संक्रमितको अवस्थाका बारेमा जानकारी दिदै सबैलाइ स्वास्थ्य मापदण्ड अनुसार अघि बढ्न अनुरोध गर्नु भएको छ ।

यस अघि बैशाख २६ गते गाउँ पालिकाका तीन स्थानमा ६७ जनामा पिसिआर परिक्षण गरिएकोमा १३ जनामा पोजिटिभ देखिएको थियो ।
कोरोना महामारीका समयमा खट्ने स्वास्थ्य कर्मी र सुरक्षाकर्मीलाई निरन्तर खट्नेलाई १०० प्रतिशत र आंशिक रुपमा खटिने कर्मचारीलाइ ५० प्रतिशत भत्ता दिने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित