सवारी दुर्घटनामा परी बाँके र सिन्धुलीमा गयो तीन जनाको ज्यान

7
SHARES
15
VIEWS

काठमाडौं, । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बाँके र सिन्धुलीमा तीन जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका–९ झिझरी खोलास्थित सडकमा ना. ६ ख ४९०९ नम्बरको ट्रकले से. ३ प ३२१४ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय किरण जेबि चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण प्रसाद थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित सडकमा बा. १५ च ६८९५ नम्बरको गाडी र प्रदेश २–०३–००१० प ४१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही गोदौता नगरपालिका–८ बस्ने ४५ वर्षीय बिमलेश कुमार ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित