‘कोरोना रोक्नलाई म बाहेक सबै संक्रमित हुन सक्छन् भन्ने शंका गरेरै टाढा बसौं’

7
SHARES
15
VIEWS

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आफु बाहेक अरु सबै संक्रमित छन भन्ने सोच राख्न जरुरी भएको बताए । पछिल्लो समयमा संक्रमित र निको हुने संख्या बराबरी हुने क्रममा सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै कोभिडसिल्ड दोस्रो डोजको खोप लगाउन केही दिनमै भारतबाट आउन बाँकी १० लाख डोज कोभिशिल्ड योजना बनाएर अगाडि बढेको बताउँछन् ।

सरकारले सक्दो प्रयास गरेको बताएका छन् । दोष भने उनले जनतालाई नै दिएका छन् । उनले भोज भतेर गरेका कारणले गर्दा नै कोरोना समुदायमा फैलिएकोे दाबी गरेका छन् ।

तर सरकारलेसमेत स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन गर्यो । सरकार आफैले लगाएको नियमको पालना गरेन । जसका कारण कोरोनाले थप फैलिने अवसर पायो ।

डा. गौतम भन्छन्, ‘कसैले पनि मापदण्ड उल्लंघन गर्नु हुँदैन । भ्याक्सिन लगाउँदा ७० प्रतिशत मानिसलाई बचाउन सकिन्छ तर जबसम्म दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गरिँदैन तबसम्म ज्यान जोगाउन सकिँदैन ।’

उनले कारोनाबाट बच्ने सूत्र पनि दिएका छन् । उनले भने, ‘म बाहेक सबै मान्छे पोजेटिभ हुन सक्छन् भन्ने जबसम्म महशुश गरिँदैन तबसम्म कोरोना फैलनलाई रोक्न सकिँदैन ।’

शंकाको दृष्टिले अर्को मान्छेलाई हेरेर टाढा रहनु नै अहिलेको सबैभन्दा महत्वपूर्ण सुरक्षाको उपाय हुने निष्कर्ष उनको हो ।

उनले अहिले अक्सिजनको हाहाकारलाई केही दिनमा व्यवस्थित गरिने बताए । तर अक्सिजनले नै कोरोनाबाट बचाउन सकिन्छ भन्ने नरहेको स्पष्ट पारे । डा.गौतमले भने, ‘हामीले दिने अक्सिजन भनेको सहयोगी मात्र हो । औषधि होइन । सुरक्षित रहनु नै ज्यान जोगाउनु हो ।’

घरघरमा अक्सिजन लुकाएर हाहाकार देखाउन खोज्नु गलत भएको भन्दै डा.गौतम भन्छन्, ‘घरमा अक्सिजन लगाउने कुरा हानिकारक छ । त्यसो गरेर कोरोनाको उपचार गर्छु भन्नु गलत हो । नेताहरुले पनि त्यसो गर्नुभएको छ भने त्यो गलत हो । आफ्नो जिल्लामा अक्सिजन पुर्याउने सोच्नु भएको छ भने हामीले योजना बनाइरहेका छौं ।
छ । सरकारले केही गरेन भने कसले गर्यो त रु गरेको सरकारले मात्रै हो ।’

त्यसो त रेमडेसिभिर औषधि पनि प्रभावकारी देखिएको छैन । डा। गौतमले स्पष्ट पारे, ‘रेमडेसिभिर औषधिको प्रयोग पनि उपयुक्त नभएको विश्व स्वास्थ्य संगठनले भनिसकेको छ यसको प्रयोग नगर्नु भनेर ।’

नेपालमा कोरोनाको पछिल्लो अवस्था
कोरोनाबाट अहिलेसम्म नेपालमा ५ हजार २१५ जनाको ज्यान गइसकेको छ भने ४ लाख ६४ हजार २१८ जना संक्रमित भइसकेका छन् ।

३ लाख ४५ हजार ५२३ जनालाई मात्रै निको भएको छ । निको हुने दर घटेर ७४।४ प्रतिशत रहेको छ ।

हाल १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार मात्रै २१४ जनाको ज्यान गएको छ । ५ हजार ७६७ जनालाई निको भएको छ भने ९ हजार २४७ जना संक्रमित थपिएका छन् ।

जम्मा २२ हजार ८७ जनाको परीक्षणबाट यति धेरै संख्यामा संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित