कालीकोट । महाबैको सङ्गिन आधारभुत बिद्यालयको दुई कोठे भवनको आज एक कार्यक्रममा बिच सिलान्यास गरिएको छ ।
महाबै गाउँ पालिकाको वडा नम्बर ४ मा रहेको सो बिद्यालय २०६४ सालमा स्थापना भएको र पहिलेको भवन नाजुक रहेकोमा नया पक्की दुई कोठे भवनको अध्यक्ष नन्द बहादुर सिंहले सिलान्यस गर्नु भएको हो । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख लगानिमा उक्त बिद्यालयको भवन निर्माण हुन लागेको वडा सचिब धर्म सिंहले जानकारी दिनु भएको छ ।
उक्त सिलान्यास कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष बिबिखण शाही लगाएतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
Discussion about this post