पचालझरनामा एक हप्ताका लागि कामकाज बन्द

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको महामारीलाई मध्यनजर गर्दै पचालझरना गाउँ पालिका बिपद, प्रशासन र सुचना तथा प्रविधि सेवा बाहेक अन्य सम्पुर्ण काम बन्द हुने भएको छ । पछिल्लोपटक ग्रामीण स्तरमा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि अन्य सेवा बन्द गरिएको हो ।

पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबकुमार पौडेल द्वारा सुचनामा जेष्ठ २ गते बसेको बिपद ब्यबस्थापन समितिको निर्णय अनुसार वडा स्तरमा बिपद समितिलाइ सकृय पार्दै जनचेतना मुलक कार्यक्रम गर्ने र सोही अनुसार सम्पुर्ण काम रोक्ने कुरा उल्लेख गरिएको छ ।

त्यसै गरी कोरोना रोकथामका लागि टोल स्तरीय सचेतना मुलक सन्देशका साथै माइकिङ्ग गरेर प्रचारप्रसार शुरु भएको छ ।

ग्रामीण स्तरमा बिरामिहरुको अवस्था बुझ्ने र जिल्ला बाहिर बाट आएकाहरुको पिसिआर परिक्षण हुने भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले जेष्ठ ७ गते पालिकाका तीन स्थानमा १ सय २५ जनाको पिसिआर परिक्षण गरिने बताउनु भएको छ । उहाँका अनुसार बिरामिको संकेत देखिएकाहरुलाइ प्रत्येक वडा बाट पठाउन अनुरोध गर्नु भएको हो ।

यस अघि बैशाख २६ गते पहिलो चरणमा ६७ जनाको पिसिआर गर्दा १३ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित